इटहरी उपमहानगरपालिकाद्वारा सञ्चालित हुन लागेको ५० शैयासहितको आइसोलेसन सेन्टरको तयारी पुरा भएको छ । इटहरी वडा नं. ९मा रहेको इटहरी रंगशालामा गत वर्ष कोभिड १९ का लागि तयारी गरिएको आइसोलेसन सेन्टर यस वर्ष पनि सञ्चालनमा आउने भएको छ ।
कोभिडको दोस्रो लहरको नयाँ भेरियन्टबाट विश्व पुनः मारमा परिरहेको साथै नेपालमा पनि यसको प्रभाव देखिएको हुनाले नेपाल सरकारको तीन तहबाट यसका विरुद्ध तयारी शुरु भएको हो।यसै सन्दर्भमा इटहरी उपमहानगरपालिकाद्वारा गत वर्ष सञ्चालनमा ल्याएको आइसोलेसन सेन्टर यस पटक पनि प्रयोगमा ल्याइने भएको छ ।र सोका लागि लगभग तयारी सम्पन्न भइसकेको आइसोलेसन सेन्टरको तयारीमा खटिएका इटहरी ९ निवासी साथै यस आइसोलेसनका सहयोगी केदार घिमिरेले जानकारी दिएका छन् ।
महिला संक्रमित र पुरुष संक्रमित दुवैका लागि बेग्लाबेग्लै ब्लकहरुको व्यवस्था गरिएको छ ।महिला संक्रमितहरुका लागि २० शैयासहितको ब्लक जसको तयारी सम्पन्न भइसकेको छ भने पुरुषहरुका लागि ३० शैयासहितको ब्लकको तयारी भोलिसम्म सम्पन्न हुने जानकारी घिमिरेले दिएका छन् ।
संक्रमितहरुका आवश्यक सामाग्री सहित स्नानगृह, शौचालय, खानेपानी, वाइफाइ, खानपानको सुविधा उपमहानगरपालिकाले गरेको छ । अति जटिल अवस्थाका कोरोना संक्रमितहरुका लागि आक्सीजन सिलिण्डर सहित ६ शैयाको बेग्लाबेग्लै महिला(३) र पुरुष(३)ब्लकको समेत व्यवस्था उपमहानगरपालिका इटहरीले गरेको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved