• वैशाख २२, २०७८
  • जुनकिरी खबर

नीजि अस्पताललाई कोरोना उपचारको लागि वेड छुट्याउन उपमहानगरको आग्रह

alt

कोभिड संक्रमण वढदै गएको वेला इटहरी उपमहानगरले इटहरीका नीजि अस्पतालहरुसँग कोभिड उपचारका लागि पाँच वेड छुटयाउने विषयमा छलफल गरेको छ । इटहरीमा १५ वेड सम्म संचालन भएका अस्पतालहरु सँग छलफल गरिएको हो । छलफलमा कोभिड संक्रमणको जोखिम पूर्ण परिस्थितिलाई मिलेर सामना गर्न पाँच शैया कोभिड उपचारमा छुटयाउन उपमहानगरले गरेको प्रस्तावमा नीजि अस्पतालहरु सकारात्मक देखिएका छन ।

ब्यवस्थापकहरु बिच आन्तरिक छलफल गरेर अर्को वैठकमा निर्णय दिइने नीजि अस्पताल संचालकहरुले वताएको उपमहानगर स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले वताउनुभयो ।

नीजि अस्पतालमा छुटटै फिवर क्लिनिक राखेर अन्य विरामी र कोभिडका विरामीलाई सुरक्षित साथ उपचार गराउन तयारीमा लाग्न उपमहानगरले नीजि अस्पताल सँग प्रस्ताव गरेको हो । छलफलमा इटहरीको सामुदायिक,मेदान्त,एपेक्स र पशुपति मोडल अस्पतालका संचालकको सहभागिता थियो ।

यसैबिच इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा इटहरीमा रहेका अक्सिजन उद्योगहरुको अनुगमन गरिएको छ । इटहरीका दुईवटा अक्सिजन उद्योगको अनुगमन पछि उपप्रमुख गौतमले इटहरीमा अक्सिजनको अभाव नहुने वताउनुभएको छ ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]