• वैशाख २४, २०७८
  • जुनकिरी खबर

लागूऔषधसहित इटहरीका दुई युवक पक्राउ

alt

लागूऔषधसहित इटहरीका दुई युवक पक्राउ परेका छन् । को २५ प २५५५ नम्बरको स्कुटरमा सवार इटहरीका दुईजनालाई चेकजाँच गर्ने क्रममा दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इटहरी ४ का २४ वर्षीय असीम बस्नेत र स्कुटरमा पछाडि सवार इटहरी ५ का ३२ वर्षीय कुमार विश्वकर्मा रहेका छन् । उनीहरुलाई मोरङको विराटनगर महानगरपालिका १६ बाट ट्याब्लेटसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार भारतीय क्षेत्रबाट नेपालतर्फ आउँदै गरेको स्कुटरलाई चेकजाँच गर्दा डाईजेल्याब ३० एम्पुल, लुपिजेसिक ३० एम्पुल, फेरागन ३० एम्पुल, डाईलेक्स डिसी १ बोतल, नाईट्रोजन ट्याब्लेट १० चक्की र सामसुङ कम्पनिको २ थान मोवायल बरामद गरेको प्रहरीले जनाएको छ ।

लागूऔषधसहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]