• वैशाख २४, २०७८
  • जुनकिरी खबर

इटहरीमा कोरोनाको जोखिम बढ्दो

alt

इटहरीमा पनि कोरोनाको खतरा निदानुदिन बढ्दै गएको छ । सोही अनुसार उपमहानगरले परीक्षणको दायर बढ्उँदै लगेको छ । अहिले नगरमा दैनिक ५० जनाको पीसीआर परीक्षणको लागि स्वाब संकलन हुने गरेको छ । तर यो संख्या अपर्याप्त हुने स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मी बताउँछन् । अहिले इटहरीमा भइरहेको कोरोना परीक्षणको दर कम मात्र नभई यसले झन् जोखिम बढ्ने देखिएको इटहरीमा रहेको आइसोलेसन केन्द्रका इन्चार्ज शिवकुमार झाले जानकारी दिएका छन् ।

गत मंगलबारदेखि उनी स्वयम इटहरी रङ्गशालामा रहेको आइसोलेसन केन्द्रमा स्वाब संकलन गरिरहेका छन् । ‘हिजो (बिहीबार) ८० जना जना हामीकहाँ पीसीआर परीक्षण गर्न आउनुभएको थियो े। तर, प्रदेश प्रयोगशालमा ५० जनाको मात्र परिक्षण हुने भएकाले हामीले ३० जनालाई फिर्ता पठाएका छौँ । आज पुन उहाँहरुको स्वाब संकलन गर्दैछौँ’, उनले भने ।

यसरी फिर्ता गएकाहरु होम वा सेल्फ आइसोलेसनमा नै नबस्ने हुनाले कोरोना संक्रमण फैलने खतरा बढ्ने उनको भनाइ छ । उनले शुल्क लिएरै भए पनि उपमहानगरले परीक्षणको दायरा बढाउनुपर्ने आवश्यकता देखिएको बताएका छन् । साथै उनले धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै पटक ५० जनाको नमुना परीक्षण हुने भन्दै प्रतिष्ठानमै परीक्षण गराउन पनि सुझाएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]