• वैशाख २५, २०७८
  • जुनकिरी खबर

बराहक्षेत्रमा ५० बेडको आइसोलेसन सेन्टर अन्तिम चरणमा

alt

सुनसरीको बराहक्षेत्र नगरपालिकामा पनि ५० बेडको आइसोलेसन सञ्चालनको अन्तिम क्षणमा पुगेको छ । नगरपालिकाले ७ नम्बर वडामा रहेको सप्तकोसी बहुमुखी क्याम्पसको निर्माणाधीन नयाँ भवनमा ५० बेडको आइसोलेसन निर्माण गर्न लागेको हो । नगरमा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ ।
 
सङ्ख्यात्मक रूपमा यो कम भए पनि परीक्षणको तुलनामा उच्च हो । अहिले सबै होम आइसोलेसनमा नै बसिरहेका छन् । उनीहरूलाई वडाध्यक्षको समन्वय नगरले आवश्यक सहजीकरण गरिरहेको छ । यहाँ बन्दै गरेको आइसोलेसनमा अहिले बेड बाहेकका धेरै काम गर्न बाँकी रहेको छ । ती आवश्यक काम सम्पन्न गरेर शनिवार देखी नै सङ्क्रमितलाई राख्ने गरी काम भइरहेको आइसोलेसनका इन्चार्ज प्रमोद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणको कोरोना सङ्क्रमणको अवस्था भन्दा यो चरणमा बराहक्षेत्रमा तीव्र गतिमा फैलिरहेको छ । अक्सिजनसहितको बेडको लागि जिल्ला स्वास्थ्य कार्यालयले ३५ वटा र स्थानीय स्वास्थ्य केन्द्रबाट १० वटा सहयोग गर्ने उहाँले जानकारी दिनुभयो ।
 
अहिले यहाँ सङ्क्रमण देखिएका सबैले स्वयम कोरोना परीक्षण गराएका छन् । यसबाहेक नगरले पनि आफै स्वाब सङ्कलन गरेर पनि कोरोना परीक्षण गरिरहेको छ । गत वर्ष यस नगरले चतरा धाममा एक सय बेडको आइसोलेसन सञ्चालन गरेको थियो । तर, यो वर्ष भने सिद्धबाबा स्वयमले आइसोलेसन राख्न नदिएको नगर प्रमुख निलम खनालले जानकारी दिनुभयो । पहिलेको आइसोलेसनमा रहेका सिसी टिभी, वाई फाइ, फेन लगायतका कुनै सामान ल्याउन नदिएको जानकारी दिनुभयो ।
 
केही साता अघि जिल्ला प्रशासन कार्यालय सुनसरीमा भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा रामधुनी नगरपालिका र यस नगरले संयुक्त रूपमा आइसोलेसन बनाउने प्रारम्भिक कुरा चलेको थियो । तर, अहिले रामधुनी र यस नगरले छुट्टाछुट्टै आइसोलेसन बनाएको छ ।। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]