• वैशाख २५, २०७८
  • जुनकिरी खबर

पत्रकार महासंघ सुनसरीले फेलोसिप तथा संचारगृहलाई सहयोग गर्ने

alt

नेपाल पत्रकार महासंघ सुुनसरीले जिल्लाका पत्रकारकाे हितमा तीन महत्त्वपूर्ण निर्णय गरेकाे छ । आज भएको भर्चुअल (जुम) मार्फत भएको बैठकले पूर्व अध्यक्ष, सल्लाहकार सहित बसेकाे बैठकमा कार्यसमितिले तीन महत्त्वपूर्ण निर्णय गरेकाे हाे ।

जिल्लामा कार्यरत काेही पत्रकारलाई कोरोना लागेमा उद्धार गर्नलाई सहजीकरण गर्ने समिति निर्माण गरेको छ ।

अध्यक्ष जनकऋषि राईको संयोजकत्वमा सह-सचिव भोला श्रेष्ठ, सदस्य वीरेन्द्र साह, आरबी कटुवाल, सुुस्मिता राई र सुुबिन बिश्वकर्मा सदस्य रहेको उद्धार तथा सहजीकरण समिति निर्माण गरेको हो ।

त्यस्तै, बैठकले उपाध्यक्ष गणेश निरौलाको संयोजकत्वमा कोषाध्यक्ष अजित झा, सदस्यहरु विवेक विवश रेग्मी, संगम बिष्ट र देबिका चाम्लिङ सदस्य रहनेगरी जिल्लाका पत्रकारलाई फेलोसिप तथा संचारगृहलाई सहयोग सहजीकरण समिति निर्माण गरेको छ ।

त्यस्तै, सचिव ध्रुुव ढकालको संयोजकत्वमा जिल्लामा भएका पत्रकारहरुको अवस्था तथ्याङ्क संकलन समिति निर्माण भएको छ ।

बैठकमा महासंघ सुुनसरीका सल्लाहाकार सन्तोष काफ्ले, पूूर्व अध्यक्ष राजेश बिद्रोही, आनन्द श्रेष्ठ, कृष्ण अधिकारी र निवर्तमान अध्यक्ष तथा केन्द्रिय सदस्य अमर खड्काले पत्रकारहरुको अवस्था बुझेर आवश्यक सहयोग उपलब्ध गराउन सुझाव दिएका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]