इटहरी उपमहानगरपालिका–८ ले कोभिड–१९ को सङ्कमण फैलिन नदिन वडाको केही क्षेत्र लाई सिल गरेको छ । वडा कार्यालयले बिजुली आफिस र त्यस वरपर क्षेत्रमा सङ्कमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न वडाले आफ्नो क्षेत्रभित्र सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेष्टुरेण्ट, थोक पसल लगायत बन्द गर्न निर्देशन दिएको छ ।
इटहरी ८ निवासी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएपछी बिजुली आफिस वरिपरिको क्षेत्र सिल गरिएको छ । हिजो राती उपचारको क्रममा नोबेल अस्पतालमा इटहरी वडा नं। ८ निवासी ५५ वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य शाखा इटहरी उपमहानगरपालिकाले जानकारी गराएको हो । कोरोना संक्रमणका कारण महिलाको मृत्यु भएपछि, इटहरी वडा नं।८ कार्यलयले बिजुली आफिस वरिपरिको क्षेत्र वैशाख २९ गतेसम्मका लागि सिल गरेको सूचना सार्वजनिक गरेको छ ।
स्थानीयवासीको सुरक्षालाई दृष्टिगत गर्दै टोलमा सरसफाइ, औषधि छर्काइ तथा सचेतना अभिवृद्धिका लागि माइकिङ गर्नेलगायत कार्यसमेत भइरहेको छ । वडा कार्यालयले आफ्ना वडावासीलाई सामन्यावस्थामा घरदेखि बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र अति नै आवश्यक कार्यमा निस्कँदा दूरी कायम गरी सुरक्षाका उपाय अपनाउन आग्रहसमेत गरेको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved