• वैशाख २७, २०७८
  • जुनकिरी खबर

प्रदेश एकमा ९३७ जनामा सङ्क्रमण पुष्टि

alt

प्रदेश १ मा आज ९३७ जनामा कोरोना सङ्क्रमण देखिएको छ। दैनिक सङ्क्रमण सङ्ख्या अहिले सम्मकै उच्च हो। गत वर्षको कात्तिक ४ गते प्रदेश १ मा दैनिक सङ्क्रमित सङ्ख्या ८७० पुगेको थियो।

सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरङमा ३९८, झापामा २६३, सुनसरीमा ८७, उदयपुरमा ५२, ताप्लेजुङमा ३८, तेह्रथुममा ३०, इलाममा ११, पाँचथरमा ६, खोटाङमा ४, सङ्खुवासभामा ३, भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ।

मोरङको विराटनगरमा १२४ महिला र १७७ पुरुष सहित ३०१, सुन्दरहरैचामा ३५, कटहरिमा १३, उर्लाबारी र बुढीगंगामा ९-९, पथरीशनिश्चरेमा ८, बेलबारी र ग्रामथानमा ४-४, रङ्गेली, कानेपोखरी, केराबारी र मिक्लाजुङमा ३-३, धनपालथान, सुनबर्षी र स्थानीय तह नखुलेका १-१, झापाको भद्रपुरमा ६३, बिर्तामोडमा ४२, दमकमा ३४, मेचीनगरमा २५, अर्जुनधारा र कनकाईमा २०-२०, बुद्धशान्तिमा १७, गौरादहमा १४, कचनकवलमा ८, कमल गाउँपालिकामा ७, बाह्रदशीमा ४, स्थानीय तह नखुलेका ३, स्थानीय हाल्दिबारी र झापा गाउँपालिकामा २-२, शिवसताक्षी र गौरीगञ्जमा १-१, सुनसरीको धरानमा २८, इटहरीमा २५, इनरुवामा १४, कोसी गाउँपालिकामा ४, दुहबी, भोक्राहानरसिंह र देवानगञ्ज ३-३, बराहक्षेत्र र स्थानीय तह नखुलेका २-२, गढी, हरिनगर र बर्जुमा १-१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यसैगरि उदयपुरको बेलकामा ४२, त्रियुगा र स्थानीय तह नखुलेका ३-३,चौदण्डीगढी र कटारी २-२, ताप्लेजुङको फुङलिङमा ३४, मेरिङदेन, मिक्वाखोला, सिदिङ्वा र स्थानीय तह नखुलेका १-१, तेह्रथुमको म्याङ्लुङमा २८, मेन्छयायेम र स्थानीय तह नखुलेका १-१, इलामको इलाम नगरपालिकामा ६, चुलाचुलीमा २, देउमाई, रोङ र सूर्योदयमा १-१, पाँचथरको फालेलुङमा ५ र फिदिममा १, खोटाङको खोटेहाङमा ३ र स्थानीय तह नखुलेका १, सङ्खुवासभाको खाँदबारीमा २, पाँचखपनमा १, भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३८ हजार ९२० पुगेको छ । सङ्क्रमित भएका मध्ये ३० हजार ३०२ सङ्क्रमणमुक्त भएका छन् ।

आज ७० जना सङ्क्रमण मुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार ५० पुगेको छ । प्रदेश १ मा आज १ हजार ९८२ जनाको पीसीआर परीक्षण गरिएको छ।

परीक्षण गरिएका मध्ये ३८७ महिला र ५५० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]