• वैशाख २७, २०७८
  • जुनकिरी खबर

१२ करोड लिएर उर्लावारीका सुन व्यापारी फरार

alt

उर्लाबारी नगरपालिका ६ डिबीमार्गस्थित गौतम सुनचाँदी पसलका सञ्चालक राजेश भन्ने गोपाल गौतमले १२ करोड रुपैयाँ लिएर फरार भएका छन् ।

उर्लाबारीका तीन सयभन्दा बढीलाई आकर्षक ब्याज दिने प्रलोभनमा पारेर १२ करोड लिएर फरार भएको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

गौतमले सयकडा २ रुपैयाँ ब्याज दिने सर्तमा सेवाग्राहीसँग रुपैयाँ लिएर पासबुक दिँदै आएका थिए । उनले १ लाखदेखि २० लाख रुपैयाँ ब्याजमा लिएर फरार भएको उजुरी आएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी मोरङका प्रमुख एसपी सन्तोष खडकाले बताए ।

रकम लिएर गौतम फरार भएपछि गौतम पीडित पहल समूह गठन गरेर पीडितहरुले पैसा फिर्ता गराउन संघर्ष गरिरहेका छन् । पहल समितिका अध्यक्ष गजेन्द्र दंगालले बचत गरेको पैसा फिर्ता ल्याउन र दोषीलाई कारबाही गराउन स्थानीय प्रशासनदेखि जनप्रतिनिधिलगायत सरोकारवालाहरूसँग पहल गरिरहेको बताए । जिल्ला प्रहरी मोरङमा गौतमविरुद्ध ठगी मुद्दा दर्ता गराएको दंगालले बताए ।

गौतमको र उनकी पत्नीको नाममा ५२ कित्ता जग्गा पत्ता लगाएर पीडितहरुले मालपोत कार्यालयमा रोक्का गर्न लगाएको छ । गौतमको नाममा २६ र उनकी पत्नी चित्रकुमारी गौतमको नाममा २४ कित्ता विभिन्न ठाउँमा जग्गा रहेको अध्यक्ष दंगालले बताए ।

एसपी खड्काले पीडितहरूले उजुरी दिएकाले फरार भएका गौतमको खोजी कार्य र अनुसन्धान भइरहेको बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]