• वैशाख २८, २०७८
  • जुनकिरी खबर

जेठ ४ गतेसम्म इटहरीमा सबै बन्द गर्ने निर्णय

alt

सुनसरीको इटहरी उपमहानगरपालिकाले जेठ ४ गतेसम्म अस्पताल र औषधि पसलबाहेकका सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको छ ।

इटहरी उपमहानगरपालिकाले मंगलबार एक पे्रस विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण तीव्र रुपमा बढेकाले बुधबारदेखि जेठ ४ गतेसम्म अस्पताल र औषधिपसलबाहेक सम्पूर्ण पसल बन्द गर्ने जनाएको छ । मंगलबार बसेको बैठकले फलफूल र दूधडेरी पसल बिहान १० बजेसम्म खोल्न दिने निर्णय गरेको नगर प्रमुख द्वारिकलाल चौधरीले बताए ।

‘खाद्यान्न र तरकारी पसलमा अत्याधिक भिड देखिएपछि यसलाई नियन्त्रण गर्न बन्द गराउनुको विकल्प देखिएन । अब एक हप्ताका लागि भोलिसम्ममा खाद्यान्नको जोहो गर्न नगरवासीलाई आग्रह गर्दछौं,’ उनले भने, ‘बैंक भने सीमित कर्मचारी राखेर खोल्न सक्नेछन् ।’

जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभर जारी गरेको निषेधाज्ञा बुधबार राति सकिंदैछ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]