• वैशाख २८, २०७८
  • जुनकिरी खबर

बालविवाहको आरोपमा मण्डपबाटै बेहुलासहित दुईजना पक्राउ

alt

बालविवाहको आरोपमा सुनसरी प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार वैशाख २७ गते (गएराति सोमबार) ९ बजेको समयमा जिल्लाको देवानगंज गाउँपालिका ५ पाल टोलमा बालविवाह हुँदैछ भन्ने सूचनाको आधारमा दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । फूलचन पालको घरमा सुनसरीको हरिनगर गाउँपालिका ४ बस्ने खोखाई पालको छोरा वर्ष २६ को मिथिलेश पाल र देवानगंग गाउँपालिका १ बस्ने रमानन्द पालको छोरी १८ वर्ष ८ महिनाकी कल्पना कुमारी पालसंग विवाह हुँदैछ भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बालविवाह गर्ने बेहुला मिथिलेश पाल र बालविवाह गराउने निजको नातामा पर्ने सानोवुबा देवानगंज गाउँपालिका ५ बस्ने फूलचन पाललाई विवाह मण्डपबाटै पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ विवाह सम्बन्धी कसुरको दफा १७३ अन्तरगत बालविवाहमा सुनसरी जिल्ला अदालतबाट मुद्धा दर्ता गराई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]