• वैशाख २९, २०७८
  • जुनकिरी खबर

इटहरीमा ढिलै भएपनि आइसोलेसन सेन्टर सञ्चालनमा आयो

alt

सुनसरीको इटहरी उपमहागनरपालिकाले आज (बुधबार)देखि ५० बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ । गत वर्ष १०० बेड आइसोलेसन सञ्चालन गरेको उपमहानगरले यो वर्ष भने ५० बेडको मात्रै आइसोलेसन सञ्चालन गरेको हो । उपमहानगरले ९ नम्बर वडामा रहेको रंगशालामा आइसोलेसन सञ्चालन गरेको हो ।

केहि समय अगाडि नै सञ्चालनको कुरा चलेको भएपनि सुरक्षा र खानाको कारण देखाउँदै उमहानगरले आइसोलेसन सञ्चालन गर्ने सकेको थिएन् । आजबाट पूर्वी पृतना हेडक्वाटर इटहरीबाट सुरक्षाकर्मी आइपुगेका छन् । यस्तै खानाको लागि उपमहागनरले सात दिनको सूचना नै निकालेको थियो । आइसोलेसन सञ्चालनको सम्पूर्ण पूर्वतयारी पुरा भएकाले आजबाट आइसोलेसन सञ्चालन गरिएको उप प्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो ।

उपमहानगरले अहिले ५० बेडको आइसोलेसनमा २० बेड महिला र ३० बेड पुरुषका लागि छुट्याएको छ । यस अघि १० बेडको अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्ने भनेपनि उपमहानगरले अहिले २५ बेड अक्सिजन राखेको छ । यसका साथै ६ बेडको कोभिड विशेष अस्पताल पनि उपमहनगरले सञ्चालनमा ल्याएको छ । रंगशालाको पूर्व पटिको प्याराफिट मूनिको भागलाई ३ पुरुषका लागि र ३ महिलाका लागि कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याइएको हो । आजै बाट यहाँ संक्रमितलाई राख्ने तयारी रहेको उप प्रमुख गौतमले बताउनुभयो ।

गत वर्ष कोरोना देखिएका सबैलाई आइसोलेसनमा राख्ने गरेकोमा यो वर्ष भने नगरले फरक निति अवलम्बन गरेको छ । आफ्नै घरमा होम वा सेल्फ आइसोलेसनमा बस्न सक्ने बाहेक अन्यलाई मात्रै यो आइसोलेसनमा राख्ने तयारी रहेको गौतमले बताउनुभयो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]