• वैशाख ३०, २०७८
  • जुनकिरी खबर

सुनसरीमा सबैभन्दा बढी संक्रमित इटहरीका, संक्रमितको संख्या ६८६ पुग्यो

alt

कोरोनाको दोस्रो भेरियन्ट आइकन इटहरी उपमहानगरपालिकामा कोरोनाका कारण नौ जनाको मृत्यु भएको छ ।

बुधबार (हिजो) एकैदिन दुईजना कोरोना संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या नौ पुगेको हो ।

बुधबार इटहरी ७ का ४१ वर्षीय पुरुष र इटहरी ९ का ७६ वर्षीय बृद्ध पुरुषको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ पुगेको इटहरी अस्पतालका इन्चार्ज रामकुमार धमलाले टाकुरालाई जानकारी दिए ।

उनका अनुसार इटहरी ७ का पुरुषको कोशी कोभिड अस्पतालमा मृत्यु भएको हो भने इटहरी ९ का बृद्धको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उनका अनुसार हाल इटहरीमा कुल संक्रमितको संख्या ६८६ पुगेको छ । ती मध्ये हालसम्म १०६ जना निको भएका छन् ।

संक्रमितको दर दिनानुदिन बढ्दै गएकाले सेचत रहन अस्पतालले अपिल गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]