• वैशाख ३१, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा थप ७५१ जनामा कोरोना संक्रमण

alt

इटहरीमा १०८ जनासहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७५१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

थपिएका संक्रमितहरुमध्ये मोरङमा ३५१, सुनसरीमा २१२, झापामा ४४, धनकुटामा ४२, ते¥हथुममा २५, उदयपुरमा १४, इलाममा ४, संखुवासभामा २, पाँचथर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५५ जना रहेका छन् ।

मोरङको विराटनगरमा ९६ महिला र १४९ पुरुष सहित २४५ जना थपिएका छन् भने सुन्दरहरैचामा ४९, बेलबारीमा १३, बुढीगंगामा ११, धनपालथान र रंगेलीमा ४–४, जहदा र रतुवामाईमा ३–३, सुनबर्षी, उर्लाबारी, ग्रामथान, पथरीशनिश्चरे र लेटाङमा २–२, कटहरीमा १ र स्थानीय तह नखुलेका ८ जना छन् ।

यसैगरि, सुनसरीको इटहरीमा १०८, धरानमा ४६, इनरुवामा २०, दुहवीमा १२, भोक्राहानरसिंहमा ७, बराहक्षेत्र र रामधुनीमा ४–४, गढी, देवानगञ्ज, बर्जु र कोशी गाउँपालिकामा २–२, स्थानीय तह नखुलेका ३ जना छन् । झापाको दमकमा ३६, गौरादह, मेचीनगर र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ५ जनमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यता, धनकुटाको चौवीसेमा १६, धनकुटा नगरपालिकामा १५, छथरमा ४, शहिदभूममिा ३, साँधुरीगढी, महालक्ष्मी, पाख्रिवास र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको म्याङलुङमा १७, लालीगुराँसमा ७ र फेदापमा १, उदयपुरको त्रियुगामा ६, बेलकामा ५, उदयपुरगढी, चौदण्डीगढी र स्थानीय हत नखुलेका १–१ जना छन् ।

इलामको चुलाचुलीमा ३ र इलाम नगरपालिकामा १, संखुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १–१, पाँचथरको मिक्लाजुङमा १, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ५५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४२ हजार ६०७ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ७११ संक्रमणमुक्त भएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८४ जना संक्रमणमुक्त भएका छन् । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या ११ हजार २६९ पुगेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]