• जेठ २, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा थप एक हजार २७ जनामा कोरोना संक्रमण

alt

प्रदेश १ मा पछिल्लो २४ घण्टामा आज १०२७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

थपिएका संक्रमितहरुमा मोरङमा ४७२, झापामा २२८, सुनसरीमा १०२, इलाममा ४०, ताप्लेजुङमा २६ जना छन् भने संखुवासभामा २३, खोटाङमा १४, ओखलढुङ्गामा १०, ते¥हथुम र उदयपुरमा ८–८, धनकुटामा ३, भोजपुरमा २, पाँचथरमा १ जना छन् । प्रदेश १ बाहिरका पनि ९० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १२२ महिला र १५५ पुरुष सहित २७७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुन्दरहरैचामा ६०, रंगेलीमा ३९, उर्लाबारीमा २३, पथरीशनिश्चरेमा १८, केराबारीमा र बुढीगंगामा १२–१२, ग्रामथान ,बेलबारी, धनपालथान, कटहरी र जहदामा ४–४, सुनबर्षी, कानेपोखरीमा ३–३, , लेटाङ र रतुवामाईमा २–२ र स्थानीय तह नखुलेका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

झापाको विर्तामोडमा ४९, अर्जुनधारामा २७, भद्रपुरमा २५, झापा गाउँपालिकामा २४, दमकमा २३, कनकाईमा १८, शिवसताक्षीमा १५, मेचीनगरमा १४, हल्दिबारीमा १३, कमल गाउँपालिकामा ७, बुद्धशान्तिमा ६, कचनकवलमा ३, गौरादह र स्थानीय तह नखुलेका २–२ जना छन् ।

यस्तै, सुनसरीको इटहरीमा ३२, धरानमा १७, देवानगञ्जमा १५, दुहवीमा १३, इनरुवामा ८, बराहक्षेत्रमा ५, गढी र स्थानीय तह नखुलेका ३, रामधुनी, बर्जु र भोक्राहानरसिंहमा २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

इलामको सूर्योदयमा १९, इलाम नगरपालिकामा १०, रोङमा ७, माईमा ३, माङ्सेबुङमा १, ताप्लेजुङको फुङलिङमा २४, मौवाखोला र याङवरकमा १–१,संखुवासभाको खाँदबारीमा २२, मकालुमा १, खोटाङको साकेलेमा ११, खोटेहाङमा २ र दिप्रुङ चुईचुम्मा १, ओखलढुङ्गाको मानेभन्ज्याङमा ९, सिद्धिचरणमा १ जना छन् । 

यसैगरि, ते¥हथुमको म्याङलुङमा ६, आठराई र लालीगुराँसमा १–१, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढीमा २, ताप्ली , लिम्चुङवुङ र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिका, छथर र स्थानीय तह नखुलेका १–१, भोजपुरको षडानन्द र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका ९० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४४ हजार २२५ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ८५६ संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या १२ हजार ७२१ पुगेको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]