• जेठ ८, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७३५ पुग्यो

alt

प्रदेश १ मा हालसम्म कोरोना संक्रमणबाट ७३५ जनाको मृत्यु भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट सातजनाको मृत्यु भएको छ । प्रदेश १ मा २ महिला र ५ पुरुष गरी ७ जनाको मृत्यु भएको हो । पछिल्ला केहिदिन यता आजको मृत्युको संख्यामा घटेको छ । 

प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांक झापाका १ जना, मोरङका १, सुनसरीका ३ र अन्य जिल्लाका २ जनाको आज मृत्यु भएको छ । प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान जानेको संख्या २१४ जना महिला र ५२१ पुरुष गरी ७३५ जना पुगेको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या भने ४९ हजार ५८० पुगेको छ । संक्रमित भएका मध्ये ३२ हजार ९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १६ हजार ८३६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]