• जेठ १०, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा १ हजार ३७ जना कोरोना सङ्क्रमित थपिए

alt

प्रदेश १ मा आज १ हजार ३७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा ३६६, सुनसरीमा २५९, झापामा १६९, धनकुटामा ६४, ओखलढुङ्गामा ५६, खोटाङमा ३७, सङ्खुवासभामा ३१, भोजपुरमा ८, इलाममा ४, उदयपुरमा २, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ३८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ६७ महिला र ९२ पुरुष सहित १५९, सुन्दरहरैचामा ५०, बेलबारीमा ४१, रतुवामाईमा ३०, सुनबर्षीमा २१, कानेपोखरीमा १७, बुढीगंगामा १२, पथरीशनिश्चरेमा ७, कटहरीमा ६, धनपालथानमा ५, उर्लाबारी र जहदामा ४–४, ग्रामथानमा ३, मिक्लाजुङ र स्थानीय तह नखुलेका २–२, सुनबर्षी, केराबारी र रंगेलीमा १–१, सुनसरीको इनरुवामा १३७, भोक्राहानरसिंहमा ३९, धरानमा २३, इटहरीमा १७, हरिनगरमा १०, दुहबी र देवानगञ्जमा ८–८, रामधुनीमा ६, बर्जू र बराहक्षेत्रमा ४–४, गढीमा २ र स्थानीय तह नखुलेका १, झापाको बुद्धशान्तिमा ४७, दमकमा २१, बिर्तामोडमा २०, कनकाईमा १३, शिवसताक्षी र भद्रपुरमा १२–१२, अर्जुनधारामा ११, कमल गाउँपालिकामा १०, मेचीनगरमा ७, बाह्रदशी र कचनकवलमा ४–४, झापा गाउँपालिकामा ३, गौरादह र स्थानीय तह नखुलेका २–२ र हल्दिबारीमा १ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको शहिदभूमीमा ३०, महालक्ष्मीमा १६, धनकुटा नगरपालिकामा १५, साँघुरीगढीमा २ र स्थानीय तह नखुलेका १, ओखलढुङ्गाको मानेभज्याङमा ५५ र सिद्धिचरणमा १, खोटाङको साकेलामा ३२, खोटेहाङमा ५, सङ्खुवासभाको पाँचखपनमा २९, चिचिलामा २, भोजपुरको षडानन्दमा ७ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिमा २, सूर्योदय र चुलाचुलीमा १–१, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १–१, पाँचथर, ताप्लेजुङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ३८ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५२ हजार २६८ पुगेको छ । सङ्क्रमित भएका मध्ये ३२ हजार ५४३ जना सङ्क्रमणमुक्त भएका छन् ।

आज १८२ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ९४१ पुगेको छ । प्रदेश १ मा आज २ हजार ५१५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएकामध्ये ४२९ महिला र ६०८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]