• जेठ १०, २०७८
  • जुनकिरी खबर

इटहरी उपमहानगरमा कोरोना परीक्षणको दायरा बढाइयो

alt

इटहरीमा पीसीआर परीक्षणको दायरा बढाइएको छ ।

इटहरी उपमहानगरपालिकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँगको सहकार्यमा दैनिक सय जना बढीको परीक्षण सुरु गरिएको छ ।

पीसिआर र एन्टिजेन परीक्षणको दायरा बढाएर दैनिक तीन सयको परीक्षण गर्ने गरि तयारी गरिएको उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले जानकारी दिएका छन् ।

दैनिक सय बढीको स्वाब सङ्कलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्नका लागि गरिएको उपमहानगरको प्रस्ताव अनुरूप दैनिक सय बढीको पीसीआर परीक्षण सुरु गरिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् ।

आज पीसीआर र एन्टिजेन्ट गरि १ सय १० जनाको स्वाब पठाइएको छ । प्रत्येक दिन बिहान ७ बजे स्वाब सङ्कलन गरि बेलुका रिपोट आउने गरि प्रतिष्ठान सँग आग्रह गरिएको छ ।

उपमहानगरले परीक्षणका लागि रिएजेन्ट र आवश्यक सामाग्रीको न्यूनतम शुल्क भुक्तानी गर्ने गरि प्रतिष्ठान सँग सहमति गरेको हो । उपमहानगरले नि:शूल्क परीक्षण गर्दै आएको छ । यसअघि स्वाब सङ्कलन गरेर प्रदेश ल्याबमा पठाइँदै आएको थियो ।

प्रदेश ल्याबमा पनि परीक्षणको दायरा बढाएर दैनिक सय पुर्‍याउन समन्वय भइरहेको छ । परीक्षणका लागि थप प्रयोगशालाकर्मीको व्यवस्था गरिएको जनस्वास्थ्य निरीक्षक रामकुमार धमलाले जानकारी दिए । उनका अनुसार अहिले पाँच जनाको टोलीले स्वाब सङ्कलनको कार्य गरिरहेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]