• जेठ १३, २०७८
  • जुनकिरी खबर

इटहरीमा निजीस्तरको आइसोलेसन सेन्टरलाई सहयोग जुट्दै

alt

 इटहरीमा निजी तथा सामाजिक क्षेत्रको अगुवाईमा सञ्चालित अक्सिजन सहितको ८० शैय्याको आइसोलेसनका लागि दाताहरुबाट स्वतस्फुर्त लाखौं रुपैयाँ सहयोग जुटेको छ ।

इटहरी–१० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा संचालित आइसोलेसन सेन्टरका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाबाट नगदसहित जिन्सी तथा खाद्यान्न सहयोग जुटेको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले बताए ।

आइसोलेसनका लागि नेपाल युवा उद्यमी मञ्च सुनसरीले नगद ३ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ ।

त्यस्तै इटहरी वितरक संघले नगद १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । इटहरी जेसिजको तर्फबाट १ लाख २७ हजार नगद सहयोग जुटेको जनाइएको छ ।

कस्मेटिक मनिहारी संघ इटहरीको तर्फबाट नगद १ लाख २१ हजार र सुनचाँदी व्यवसायी संघका तर्फबाट नगद १ लाख १ हजार सहयोग प्राप्त भएको जनाइएको छ ।

यस्तै होटल व्यवसायी संघ इटहरीले १ लाख ११ हजार र मदिरा व्यवसायी संघ इटहरीले १ लाख १ हजार रुपैयाँ नगद सहयोग प्रदान गरेको अध्यक्ष पौडेलले जानकारी दिए ।

आइसोलेसन निर्माण र संचालनका लागि बिभिन्न सहकारी तथा व्यवसायिक संस्थाहरुबाट नगद बाहेकका अन्य विभिन्न सहयोग पनि प्राप्त भएको मारवाडी सेवा समिति इटहरीका उपाध्यक्ष मुकेश अग्रवालले बताए ।

उनले इटहरी–२० मा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाका तर्फबाट तीन महिनाका लागि र इटहरीमै रहेको तमोर डेरी उद्योगले एक महिनाका लागि दुध तथा दुग्धजन्य पदार्थ आइसोलेसनका लागि निःशुल्क प्रदान गर्ने घोषणा गरेको बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]