• जेठ १४, २०७८
  • जुनकिरी खबर

सुनसरीमा जेठ २२ गतेसम्म निषेधाज्ञा थपियो

alt

जिल्ला प्रशासन कार्यालय सुनसरीले एक साताको लागि निषेधाज्ञा थपेको छ । आज बसेको डिसिसिएमसि बैठकले जेठ २२ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले जानकारी दिए । उनका अनुसार एक साता अवधि थप गर्नेबोहक विगतमा भएको निर्णय खुकुलो बनाउने कुनै परिवर्तन गरिएको छैन ।

'निषेधाज्ञा २२ गतेसम्म थपिएको छ, अरु कुनै त्यस्तो निर्णय भएको वा परिवर्तन गरिएको छैन । बजार, पसल, हिडडुल सबै प्रतिबन्ध नै हो, 'उनले भने । यसअघि जेठ १५ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा थपिएको थियो ।

उक्त समय भोली सकिने र कोरोना संक्रमणको वृद्धिदर पनि कम नभएपछि निषेधाज्ञाको समय थप गर्ने निर्णय भएको हो । उक्त बैठकले सरकारले ल्याएको नयाँ अध्यादेश अनुसार निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाही गर्ने निर्णय गरेको पनि सहायक प्रजिअ पोखरेलले जानकारी दिए । सरकारले ल्याएको कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ मा भएको व्यवस्था नमान्नेलाई १ लाख देखि १ बर्षसम्म जरिवानाको व्यवस्था छ भने मोटरसाइलको हकमा २ हजार, अरु सवारीलाई ५ हजार जरिवाना गर्ने व्यवस्था भएको सहायक प्रजिअ पोखरेलले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]