• साउन १०, २०७६
  • जुनकिरी खबर

सेनाद्वारा खाद्यान्न ढुवानी

alt

घुर्मी–कटारी सडकखण्डको ठाँटीमा पहिरोले सडक अवरुद्ध हुँदा पूर्वी पहाडका चार जिल्लाको जनजीवन प्रभावित भएको छ । सडक अवरुद्ध भएको दुई साता बिते पनि सडक सञ्चालन नहुँदा भित्री मधेसको उदयपुरसहित ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङको जनजीवन प्रभावित भएको छ ।

उदयपुरको पश्चिम र उत्तरी भाग तथा पूर्वी पहाडका तीन जिल्लामा दैनिक उपभोग्य सामग्री र इन्धनको मूल्य महँगिएको हो । असार २६ गते सिद्धिचरण राजमार्गको घुर्मी–कटारी सडकखण्डको ठाँटीमा पहिरोले सडक बगाएदेखि अवरुद्ध बनेको हो । अवरुद्ध सडक निर्माणको कार्य भइरहेको छ ।

त्यस क्षेत्रमा पाँच सय मिटर खण्ड पहिरोले बगाएको छ । सडक डिभिजन कार्यालय, लहानका प्रमुख विनोद साहले अवरुद्ध सडकको पाँच सय मिटर खण्डमा डाँडा काटेर नयाँ सडक बनाउन लागेको जानकारी दिनुभयो । डिभिजन प्रमुख साहले भन्नुभयो, “दैनिक रूपमा १० वटा उपकरण लगाएर बाटो बनाइँदै छ, अर्को साता सञ्चालन हुने छ । ”

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले ‘लाइफ लाइन’ मानिएको उक्त खण्ड अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको बताउनुभयो । उहाँले दैनिक उपभोग्य सामग्री र इन्धन अभाव हुन नदिन वैकल्पिक बाटोका रूपमा सिन्धुली–खुर्कोट–घुर्मी खण्ड प्रयोग गरिएको बताउनुभयो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]