• जेठ १५, २०७८
  • जुनकिरी खबर

मोरङको सिमावर्ती नाका हुँदै भारततिर इन्धन तस्करी

alt

कोरोना भाइरस महामारीको रुपमा फैलिइरहेका बेला मोरङको सिमावर्ती नाका हुँदै नेपालबाट भारततिर इन्धन (पेट्रोलीयम पदार्थ) को तस्करी भइरहेको पाइएको छ ।

कोरोना भाइरस सङ्क्रमण दर उच्च रहेको भारततिर लैजाँदै गरेको अवस्थामा मोरङको रतुवामाईबाट सशस्त्र प्रहरीले ठूलो परिणाममा इन्धन नियन्त्रणमा लिएपछि तस्करी हुने गरेको पुष्टि भएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ बटालीयन हेडक्वार्टर टंकीसिनवारीबाट इन्सपेक्टर (प्रहरी निरीक्षक)को नेतृत्वमा खटिएको टोलीले शनिबार बिहान पाँच हजार आठ सय लिटरजति इन्धन नियन्त्रणमा लिएको छ ।

ट्रकमा राखेर नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको अवस्थामा २४ ड्रम इन्धन रतुवामाई नगरपालिका–४ बाट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताए । उनका अनुसार ट्रकसहित तस्करीको २३ ड्रम डिजेल र एक ड्रम पेट्रोल बरामद गरिएको हो ।

एउटा ड्रमभित्र लगभग दुई सय ५० लिटर डिजेल छ । २३ वटा ड्रममा डिजेल मात्रै पाँच हजार सात सय लिटरजति रहेको जानकारी पौडेलले दिए । एउटा मात्रै ड्रममा बरामद भएको पेट्रोल भने एक सय लिटरजति रहेको उनको भनाइ छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]