• जेठ १७, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा संक्रमितको शव व्यवस्थापनमा खटियो स्काउटको टोली

alt

नेपाल स्काउट प्रदेश नम्बर १ तदर्थ समितिको शव व्यवस्थापन टोलीले कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिहरुको शव व्यवस्थापन कार्य गर्न शुरु गरेको छ । 

नेपाली सेनाबाट तालिम लिएका स्काउटको टिमले संक्रमणबाट मृत्यु भएका बिराटनगरका ५४ वर्षिय पुरुषको शव पहिलो पटक ब्यवस्थापन गरेका छन्। हालसम्म भने संक्रमणबाट मृत्यु भए्काहरुको शवलाई नेपाली सेनाको टोलीले मात्र व्यवस्थापन गर्दै आएको थियो । शव व्यवस्थापनमा नेपाली सेनाको टोलीलाई अत्यधिक चाप हुन थालेपछि प्रदेश १ का विभिन्न ३ जिल्लामा स्काउटरहरुलाई तालिम दिएर शव व्यवस्थापनको लागि तयार गरिएको स्काउट प्रदेश तदर्थ समितिका संयोजक रवि खनालले जानकारी दिए । उनले भने,' तालिम प्राप्त टोलीले विराटनगरमा शव व्यवस्थापन पनि गरिसकेका छन् ।'

संक्रमितहरुको शव ब्यवस्थापनको लागि प्रदेश नम्बर १ का झापा, मोरङ र सुनसरी जिल्लाका ४२ स्काउटरलाई तालिम दिइएको थियो । नेपाली सेना पुर्वी पृतना हेडक्वाटर र नम्बर २ बाहिनी अड्डा, हिलेले स्काउटको टोली तालिम दिएको थियो ।

स्काउट प्रदेश कार्यालयका प्रदेश अधिकृत नवराज घिमिरेका अनुसार बेलबारी, रङेली, धरान, दमक, बिर्तामोड र भद्रपुरमा पनि स्काउटले शव ब्यवस्थापन गर्ने तयारी गरेको छ । शव ब्यवस्थापनका लागी खटिएका स्काउट स्वयंसेवकहरु लाई अलग्गै बस्ने ब्यवस्थापन गरीएको पनि घिमिरेले जानकारी दिए । कोभिड १९ महामारीलाई लक्षित गर्दै स्काउटले स्वास्थ्य परामर्श प्रदान गर्ने उद्देश्यका साथ डाक्टर अन कल हेल्पलाईन सेवा पनि संचालनमा ल्याइसकेको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]