• जेठ १९, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा पनि अध्यादेश ल्याइँदै

alt

प्रदेश १ सरकारले पनि अध्यादेश जारी गर्ने निर्णय गरेकाे छ ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को संशाेधनका लागि अध्यादेश जारी गर्ने निर्णय गरेको हो  ।

प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश आर्थिक कार्यविधस ऐन २०७४ संशाेधन गर्न बनेको अध्यादेश जारी गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको बताए ।

कार्यविधिमा बजेट पेस हुनुभन्दा १५ दिनअघि प्रिबजेट छलफल गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । तर कोरोना महामारी तीव्र भएकाले अध्यादेशमार्फत पाँच दिनअघि छलफल सक्ने व्यवस्था गरिएकाे उनले बताए ।

प्रदेश १ को जनसुरक्षा कोषमा प्रदेश सरकारको कोषबाट १० करोड रुपैयाँ थप गर्ने पनि निर्णय भएको उनले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]