• जेठ २०, २०७८
  • जुनकिरी खबर

उपमहानगरले मनपरी गरेको भन्दै इटहरीका औषधी औषधि व्यवसायीआन्दोलित

alt

कर शाखाको कर्मचारीलाई औषधि विज्ञको रुपमा खटाएर अनुगमनका नाममा इटहरी उपमहानगरपालिकाले जथाभावी गरेको भन्दै औषधि व्यवसायीहरु आन्दोलित बनेका छन ।

१९ ज्येष्ठमा उपमेयरको नेतृत्वमा रहेको इटहरी उपमहानगरपालिकाको अनुगमन टोलीले म्याद गुज्रिएका औषधि राखेको भन्दै ४ वटा औषधि पसल शिल गरेको थियो ।

औषधि व्यवसायी संघले औषधि व्यवस्था विभागको प्रतिनिधि बिना गरिएको उपमेयर नेतृत्वको अनुगमन टोलीबाट औषधि व्यवसायी मर्कामा परेको उल्लेख गर्दै विना विज्ञ अनुगमन गरी निर्दोष व्यवसायीलाई दुख दिएको भन्दै औषधि व्यवसायीले बिहिवार १ बजे भित्र सिल गरेका औषधि पसल नखोले इटहरी भरका औषधि पसल अनिश्चितकालीन बन्द गर्ने चेतावनी समेत दिएका छन ।

औषधि व्यवसायी संघले अनुगमन गर्दा औषधि व्यवसायी संघको प्रतिनिधिलाई समेत समावेश गर्नुपर्ने माग गर्दै कोभिड संकटका कारण औषधि व्यवसायीका समस्या बुझि समाधानका लागि पहल गर्नुपर्ने तथा अब उप्रान्त यस किसिमको निन्दनीय कार्य नदोहोर्याउने प्रतिबद्धता समेत औषधि व्यवसायीले इटहरी उपमहानगरपालिकाबाट खोजेका छन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]