• जेठ २०, २०७८
  • जुनकिरी खबर

प्रदेश १ को बर्खे अधिवेशन जेठ २४ गते बोलाउने

alt

प्रदेश १ सरकारले यही जेठ २४ गते सोमबार दिन बजेट तथा बर्खे अधिवेशन बोलाउने निर्णय गरेको छ ।

जेठ २० गते बिहीबार बिहान ८ बजे बसेको मन्त्रीपरिषद् बैठकले बजेट नीति तथा कार्यक्रम माथि छलफल गर्ने गरी अधिवेशन बोलाउने निर्णय गरेको हो ।

मन्त्रीपरिषद् निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बर्खे अधिवेशन बोलाउने निर्णय गरेर प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको बताए । प्रतिपक्षी दलहरूको तीव्र विरोधका बाबजुद प्रदेश सरकारले सांसदबाटै बजेट ल्याउने तयारी थालेको छ ।

बुधवार मात्र सरकारले आर्थिक कार्यविधि ऐन संशोधन विधेयक प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । कार्यविधि ऐन २०७४ को दफा ९ अनुसार बजेट प्रस्तुत हुनुभन्दा १५ दिन अगाडी अधिवेशन बोलाउनुपर्ने बाध्यात्मक अवस्था छ । त्यसलाई संशोधन गरेर सरकारले ५ दिनको समय सीमा कायम गराएको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]