• जेठ २१, २०७८
  • जुनकिरी खबर

सुनसरीमा जेठ ३१ सम्म थपियो निषेधाज्ञा

alt

डीसीसीएमसी सुनसरीले जिल्लाको हकमा जेठ ३१ गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको बैठकले जारी निषेधाज्ञालाई जेठ ३१ गते सम्म निरन्तरता दिने निर्णय गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले निषेधाज्ञा थप भएको जानकारी दिनु भएको हो ।

प्रजिअ ढकालले निषेधाज्ञाका कारण चहलपहलमा आएको कमीका कारण कोरोना भाइरस फैलन रोकिए पनि जोखिम भने कायमै रहेकाले निषेधाज्ञा थपको निर्णयमा पुगिएको बताउनु भयो ।

ढकालले जिल्लामा संक्रमण दर घट्दो क्रममा रहेको भएपनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै हतार गर्न नहुने निष्कर्शमा पुगी निषेधाज्ञा थप गर्नेे निर्णय लिइएको बताउनु भयो ।प्रजिअ ढकालका अनुसार थपिएको अवधिमा यस अघि गरिएका निर्णय कायमै रहने छन । ढकालका अनुसार बिकास निर्माणका कार्य निर्वाध संचालन गर्न दिइने छ भने कामदार र मजदुरको हकमा आवतजावतमा सहजिकरण गरि सहजता दिलाइने छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]