• जेठ २६, २०७८
  • जुनकिरी खबर

प्रदेश १ का सबै पत्रकारलाई खोपको व्यवस्था हुने

alt

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशमा कार्यरत सम्पूर्ण पत्रकारलाई कोरोनाविरुद्धको खोपको व्यवस्था मिलाइने बताएका छन्। प्रदेशका पत्रकार अगुवासँग प्रेस काउन्सिल नेपालले बुधबार बिहान गरेको भर्चुअल बैठकमा उनले पत्रकारका लागि खोपको प्रतिबद्धता व्यक्त गरेका हुन्। 

मन्त्रालयबाट प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आजै पत्राचार गरेर पत्रकारका लागि खोपको व्यवस्था मिलाउन निर्देशन दिइने उनले बताए। कोभिड–१९ बाट प्रेस जगतमा परेको प्रभाव, पत्रकारका लागि उपचार तथा राहत, प्रेस काउन्सिलले गर्नुपर्ने कामका विषयमा प्रेस काउन्सिलले भर्चुअल छलफल आयोजना गरेको काउन्सिलका सदस्य गणेश पोखरेलले बताए। 

छलफलमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्मा, महासङ्घका प्रदेश नं १ का अध्यक्ष लीलाबल्लभ घिमिरे, महासङ्घका जिल्ला अध्यक्ष लगायतको सहभागिता रहेको थियो।

पत्रकार महासङ्घका प्रदेश अध्यक्ष घिमिरेले कोभिडबाट प्रभावित सञ्चारकर्मीका लागि लेखनवृत्ति दिइनुपर्ने माग गरे। महासङ्घका प्रदेश सल्लाहकार मोहन काजीले कोभिडका कारण बन्द हुन पुगेका पत्रपत्रिकाको डिजिटल संस्करण व्यवस्थित गर्नका लागि पत्रिकाले पाउँदै आएको लोक कल्याणकारी सुविधा एक वर्षसम्म स्वतः उपलब्ध गराउन सुझाव दिए। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]