• साउन ११, २०७६
  • जुनकिरी खबर

झापामा अङ्गीकृत नागरिकता लिने घटे

alt

झापामा वैवाहिक सम्बन्धका कारण अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या घटेको छ । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रजिअ माधवप्रसाद पोखरेलका अनुसार आर्थिक वर्ष २०७५/७६ मा अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या ३७९ जना रहेको छ । २०७४/७५ मा यस्तो नागरिकता लिनेहरुको सङ्ख्या ७४१ जना थियो ।

अघिल्लो आवकोे तुलनामा २०७५/७६ मा अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या ३६२ ले कमी भएको छ । विगत दुई आवको तुलना गर्दा झापामा नागरिकता र राहदानी लिनेहरु घटेका छन् । आव २०७५/७६ मा १५ हजार २८८ जनाले र २०७४/७५ मा १६ हजार ५४९ जनाले नागरिकता लिएको सहायक प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

यो सङ्ख्या अघिल्लो आवको भन्दा एक हजार २६१ ले कमी हो । आव २०७५/७६ मा १२ हजार ८३२ जनाले र २०७४/७५ मा १३ हजार ०७६ जनाले राहदानी लिएका छन् । अघिल्लो वर्षको तुलनामा यो सङ्ख्या २४४ ले कमी हो ।

प्लस टू पास गरेर बाहिर अध्ययनका लागि जाने विद्यार्थी र वैदेशिक रोजगारमा जाने युवायुवतीका कारण राहदानी लिने बढेको सहायक पोखरेलले बताउनुभयो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]