• जेठ २९, २०७८
  • जुनकिरी खबर

इटहरी रंगशालाको आइसोलेसनमा एक महिनामा ८७ संक्रमित भर्ना

alt

इटहरी उपमहानगरपालिकाले सञ्ंचालन गरेको आइसोलेसनमा ८७ जना संक्रमित भर्ना भएका छन् ।

गत वैशाख ३० गतेबाट विधिवत् रुपमा सुरुवात भएको यो आइसोलेसनमा एक महिनाको अवधिमा ८७ जना संक्रमित भर्ना भएको आइसोलेसन केन्द्रका इन्चार्ज शिवकुमार झाले जानकारी दिए । जसमध्ये ५३ जना पूरुष र ३४ जना महिला रहेका उनले जानकारी दिए । भर्ना भएका संक्रमितमध्ये २७ जना पूरुष र १९ जना महिला गरी जम्मा ४६ जना पूर्ण रुपमा कोरोना जितेर घर फर्किएका झाले बताएका छन् ।

आइसोलेसनमा भर्ना भएका मध्ये अहिलेसम्म कसैको मृत्यु नभएको उनले बताए । कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था जटिल भएर आइसोलेसनबाट प्रदेश १ का विभिन्न अस्पतालमा २१ जना संक्रमितलाई रेफर गरिएको छ । रेफर गरिएकामा १२ जना पूरुष र ९ जना महिला रहेका छन् । उनीहरुमध्ये केही निको भएर घर फर्किएका र केहीको कोभिड विशेष अस्पतालमा उपचार भइरहेको झाले जानकारी दिएका छन् ।

अहिले यहाँ सक्रिय संक्रमितको संख्या २० रहेको छ । तीमध्ये १३ जना पूरुष र ७ जना महिला रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेकोसमेत झाले जानकारी दिएका छन् । आइसोलेसनमा अक्सिजनजडित बेडसहित कोभिड विशेष अस्पताल पनि सञ्चालन गरिएको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]