• असार ६, २०७८
  • जुनकिरी खबर

इटहरीमा तयार भयो सामूहिक मुसहर बस्ती

alt

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर–१६ मा सामुहिक मुसहर बस्ती तयार पारिएको छ। घरवारविहिन मुसहर परिवारलाई व्यवस्थित बसोवासका लागि इटहरी उपमहानगरपालिकाले १५ घरपरिवारका लागि घर निर्माण सम्पन्न गरेको छ। 

इटहरीका विभिन्न स्थानमा बाटो अतिक्रमण गरी बसेका मुसहर समुदायलाई जिविको पार्जनमा सहयोग र उनीहरुको जीवन यापनलाई थप व्यवस्थित बनाउनले उदेश्यले इटहरी उपमहानगरपालिकाले वडा नम्बर १६ को टिटिही टोलमा १५ मुसहर घरपरिवारलाई भुकम्प प्रतिरोधात्मक घर निर्माण गरिदिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिएकी छन्। कोरोना माहामारीको समयमा पनि मुसहर समुदायलाई सुरक्षीत स्थानमा व्यवस्थित गर्ने उदेश्यले सामूहिक मुसहर बस्ती निर्माण गरिएको उनको भनाइ छ। 

सामूहिक मुसहर बस्तीमा अहिले १५ परिवारका लागि घर निर्माण भइसकेको छ। बस्तीको सुन्दरताका लागि एक सामुदायीक भवन, एक दिनभद्री (मुसहर समुदायको मन्दिर), चिल्ड्रेन पार्क, र बोटरबाटो निर्माणको काम अन्तिम चरणमा पुगेको उपमेयर गौतमले बताइन्।  

मुसहर बस्तीमा स्थान्तरण गरिने पहिलो चरणको ९ घर परिवारको नाम फाईनल गरिएको र अन्य ६ परिवारको नाम छनौट भइरहेको पनि उपमेयर गौतमले जानकारी दिइन्। तर, मुसहर बस्ती निर्माण गरी सामूहिक रुपमा स्थान्तरण गर्न लाग्दा केहि परिवारले भने नयाँ बस्तीमा जान अस्वीकार गरेकाले उनीहरुलाई बस्तीमा पुर्याउन ढिलाई भएको छ। नयाँ बस्तीमा जान अस्विकार गर्ने मुसहर परिवारलाई सम्झाई बुझाई गर्ने काम भैरहेको उपमेयर गौतमले बताइन्। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]