• जेठ २६, २०७६
  • जुनकिरी खबर

प्रदेश १ मा १७९ नयाँ सीमा स्तम्भ

alt

मोरङ — नपाल–भारत सीमामा १ सय ७९ नयाँ स्तम्भ निर्माण गरिएको छ । नेपाल भारत संयुक्त सीमा क्षेत्र सर्वेक्षण फिल्ड सर्भे टिमको शुक्रबार विराटनगरमा सम्पन्न दोस्रो बैठकमा ३६ वटा स्तम्भ मर्मत गरिएको जनाइएको छ ।

बैठकमा नेपालतर्फको मोरङ, सुनसरी र झापा गरी तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतका सुरक्षा निकायका प्रमुख, वन र नापी कार्यालयका प्रमुख सहभागी थिए । भारततर्फको सुपौल र अररिया जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट, सुरक्षा निकायका प्रमुखलगायत वन र नापी कार्यालयका प्रमुखहरूको बैठकमा उपस्थिति थियो ।

बैठकमा नापी विभागका नेपाल भारत सीमा सर्वेक्षण टोली नम्बर १ का प्रमुख शिवप्रसाद लम्सालले सुनसरी, मोरङ र झापास्थित सीमामा निर्माण गर्नुपर्ने स्तम्भमध्ये जमिनमा यसअघि नै निर्माण भइसकेको र बाँकी रहेका केही जमिनमा र नदीहरूमा आफूहरूले निर्माण गरेको बताए ।
 
‘ठूला नदी बाहेकका बिजोड नम्बरको स्तम्भ नेपाल पक्षले र जोडा नम्बरको स्तम्भ भारत पक्षले निर्माण गर्ने व्यवस्था छ,’ उनले भने, ‘नेपाल पक्षले १ सय ६ र भारतीय पक्षले ७३ वटा स्तम्भ निर्माण गरेको छ भने नेपालले १६ र भारतले २६ वटा स्तम्भ मर्मत गर्‍यो ।’ ठूला नदीमा जोडा र बिजोडा दुवै स्तम्भ भारतीय पक्षले नै निर्माण गर्ने व्यवस्था रहेको उनले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]