• साउन ११, २०७६
  • जुनकिरी खबर

गाईघाट–फोक्सिन्टार सडक फेरि अवरुद्ध

alt

उदयपुर–   असार अन्तिम साताको अविरल वर्षापछि गएको  पहिरोले सातादिनसम्म अवरुद्ध भए पनि मर्मतपछि सुचारु भएको गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग फेरि अवरुद्ध हुन पुगेको छ।

असार २६ देखि साउन ३ गतेसम्म लगातार परेको अविरल वर्षाले आधादर्जन बढी ठाउँमा गएको पहिरोले यातायात आवागमन रोकिएको सडक मर्मतसम्भारपछि सुचारु भएको थियो। दुई दिनअघिको भारी वर्षाले पुनः पहिरो गएर अवरुद्ध हुन पुगेको हो।

गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका अनुसार पहिलेको वर्षाले गाईघाट–फोक्सिन्टारबीचको अँधेरी, जल्केनी र छामलिङमा पहिरो गएर आवागमन रोकिएको थियो। सो ठाउँमा रातारात मर्मत गरेर यातायात सुचारु गरिएकोमा दुई दिनअघिको वर्षाले जल्केनीको पहिरो थप गहिरो र लामो भएर भत्केपछि सडक बन्द हुन पुगेको कार्यालय प्रमुख पशुपति ज्ञवालीले बताए।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]