• असार ७, २०७८
  • जुनकिरी खबर

सुनसरीमा १२ बजेसम्म सबै पसल खुल्ने

alt

सुनसरीमा भोलिबाट सबै पसल दिउँसो १२ बजे सम्म खोल्न पाइने भएको छ । आज बसेको डीसीसीएमसीको बैठकले सो विषयमा निर्णय गर्दै १२ बजे सम्म पसल खोल्न दिइने भनेको हो । जस अनुसार विहान ५ बजेबाट मध्यान्ह १२ बजे सम्म सबै खाले पसल खोल्न पाइने छ । तर विहानको चिया पसल भने खोल्न नपाइने भनिएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार निषेधाज्ञालाई खुकुलो पार्दै लैजाने योजना अनुसार पसल खोल्न दिइने निर्णय गरिएको हो । प्रजिअ ढकालले बताए अनुसार गुद्री, सब्जी मण्डी र हाटबजार भने खोल्न पाइने छैन् । त्यसैगरी होटल रेष्टुरेन्टको हकमा होम डेलिभरी तथा टेक अवे मात्रै गर्न पाइने छ । सुनसरी प्रशासनले दुधडेरी, सब्जी, खाद्यान्न, पशुजन्य आहार ढुवानीका साथै कृषि कार्य, उद्योग कलकारखाना, विकास निर्माण कार्य, ढुवानीका साधन भने निर्वाध सञ्चालन गर्न पाईने भनेको छ ।

उसले अन्य निर्णयको हकमा भने यस अघिको सरह लागु रहने जिल्ला जनाएको छ । बैठकको पछिल्लो निर्णयसँगै सुनसरीमा जारी निषेधाज्ञाको अवधि भने असार १४ गते मध्यराती सम्म थपिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]