• असार ७, २०७८
  • जुनकिरी खबर

सुन्दरहरैँचाबाट लागूऔषध कारोबारी पक्राउ

alt

मोरङ सुन्दरहरैचा नगरपालिका –६ स्थित डिपु चोकबाट लागूऔषधसहित १ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सोही स्थान ५ का २६ वर्षीय गोपाल विश्वकर्मा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । हिजो दिउँसो २ बजे लागूऔषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले विश्वकर्माले बोकेको ब्यागबाट डाइलेक्स डीसी १०० मिलि लिटरको २५ बोतल, नाइट्राभेट १० –३७५ ट्याबलेट, नाइट्राभेट १० –६० ट्याबलेट र स्पाज्मो प्रोक्सिवोन प्लस १४४ ट्याबलेट बरामद भएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । पक्राउ परेका अभियुक्त विश्वकर्मालाई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]