• असार १२, २०७८
  • जुनकिरी खबर

इटहरी उपमहानगरपालिकाद्धारा वोयर वोका वितरण

alt

इटहरी उपमहानगरपालिकाले २१ वटा उन्नत वोयर जातका वोका वितरण गरेको छ । एक कार्यक्रमका विच उपमेयर लक्ष्मी गौतमले कृषक समूहरुलाई वोका वितरण गरेकी हुन् ।

प्रमुख प्रशासकीय अघिकृत सूर्य प्रसाद सुवेदी, वडा नम्वर ३ का वडाध्यक्ष वालकृष्ण विष्ट र वडा नम्वर १९ का वडाध्यक्ष श्रीनारायण चौधरीको समेत उपस्थितिमा वोयर जातका वोका वितरण गरिएको हो । इटहरी उपमहानगरपालिका पशुपंक्षि शाखा प्रमुख दुर्गा श्रेष्ठका अनुसार प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्र्तगत कृषि फमहरुलाई १३ वटा वोका ७५ प्रतिशत अनुदानमा वितरण गरिएको हो ।

अरु बोका वाख्रा पकेट कार्यक्रम लागु भएको इटहरी १८ को शिहंदेवी कृषि शहकारी संस्थामा आवद्ध कृषी समूहलाई वितरण गरिएको हो । यसमा कृषकको ३३ प्रतिशत लागत साझेदारी रहेको छ । त्यहाँका कृषकहरुलाई केहि दिन भित्रैमा सय वटा वोयर जातका पाठी वितरण गर्ने कार्यक्रम रहेको शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । आज वितरित वोकाको मूल्य ५० हजार देखि १लाख ५० हजार सम्म रहेको छ । गत वर्ष वितरित वाख्रावाट जन्मिएको ६ महिनाको एउटा पाठो ६५ केजीको भएको उनले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]