• असार १३, २०७८
  • जुनकिरी खबर

वीपीमा रिले अनसन गर्ने घोषणा

alt

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत संयुक्त सघर्ष समितिले भोली सोमबारदेखि रिले अनसन गर्ने घोषणा गरेको छ । 

विगत १२ दिनदेखि आन्दोलनरत प्रतिष्ठानका फ्याकल्टी, विद्यार्थी, कर्मचारी, नर्सिङहरुले आन्दोलनको स्वरुप परिवर्तन गर्दै रिले अनसनको घोषणा गरेका हुन् । फ्याकल्टी वेल्फेयर सोसाइटीका पुर्वअध्यक्ष एवं संयुक्त संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले विरामीहरुको उपचार सेवा प्रभावित नहुने गरि रिले अनसन शुरु गरिने बताए । आन्दोलनलाई कडा बनाउन रिले अनसन शुरु गर्ने उनले बताए । आन्दोलनलाई वेवास्ता गरिरहे आमरण अनसन पनि गर्ने उनले चेतावनी दिए । 

यस्तै, उनले प्रतिष्ठानलाई पारदर्शी बनाउनको लागि चार जना पदाधिकारी चढ्ने गाडीमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लेख्ने पनि घोषणा गरे । गाडी दुरुपयोग हुन नदिन वीपी प्रतिष्ठानको नाम लेख्ने घोषणा गर्दै उनले यसले गाडीको दुरुपयोग आधा भन्दा कम हुने दाबी गरे । चार जना पदाधिकारीहरुलाई प्रतिष्ठानले उपलब्ध गराएको गाडी चढ्ने अधिकार नभएको पनि उनले बताए । वीपी प्रतिष्ठानको हित नगर्ने पदाधिकारीहरुको गाडीको चाबी खोस्ने पनि घोषणा गरे ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]