• असार १८, २०७८
  • जुनकिरी खबर

सप्तकोसी नदीमा पानीको बहाब यो वर्ष कै उच्च

alt

सप्तकोसी नदीमा पानीको बहाब यो वर्ष कै उच्च मापन भएको छ  । कोसी व्यारेज कन्ट्रोल रुमका अनुसार शुक्रबार बेलुका यो वर्ष कै उच्च बहाब मापन भएको हो ।

शुक्रबार बेलुका पानीको बहाव एक लाख ५४ हजार ३ सय २४ क्यूसेक मापन भएको हाे ।  पानीको बहाव उच्च भएपछि ५६ मध्ये २४ ढोका खोलिएकाे कन्ट्राेल रूमले जनाएकाे छ । 

उच्च हिमाली र पहाडी क्षेत्रमा वर्षा भएर सहायक नदीमा समेत बाढी आउँदा सप्तकोसीमा बहाव बढेको हो ।  पहाडी क्षेत्रमा निरन्तर वर्षा हुँदा बिहीबार बिहान पानीको बहाव एक लाख १९ हजार क्यूसेक मापन गरिएको थियो । त्यतिबेला कोसी ब्यारेजका २१ वटा ढोका खुला गरियो । तर बिहीबार बेलुका बहाव घटेर एक लाख १८ हजार क्यूसेकमा झर्दा २० वटा मात्रै ढोका खुला गरिएको थियो । 

शुक्रबार बिहान पानीकाे  बहाव एक लाख १४ हजार क्यूसेकमा मापन भएको थियो । त्यस बेला कोसी ब्यारेजका १४ वटा मात्रै ढोका खुला गरिएको  थियो । पानीको बहाव बढेपछि बेलुका २४ वटा ढोका खोलिएको हो ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]