• असार १९, २०७८
  • जुनकिरी खबर

कोसी नदीमा जलस्तर बढ्यो

alt

 सुनसरी र सप्तरीको सीमा भएर बग्ने कोसी नदीमा जलस्तर बढेको छ । पहाडी जिल्लाहरुमा निरन्तर वर्षा भइरहेकाले बगेर आउने नदी, खोलाहरु मिसिएर कोसीमा पानी बढेको हो ।

शुक्रबार साँझ कोसी ब्यारेज भएर एक लाख ५५ हजार ९ सय ७५ क्युसेक पानी बगिरहेको नियन्त्रण कक्षले जनाएको छ । सामान्य दिनहरुमा करिब ७० हजार क्युसेक हाराहारी पानी ब्यारेज भएर बग्ने गरेको छ । पानीको बहाव बढेसँगै निकासका लागि कोसी ब्यारेजका २४ वटा ढोका खुला गरिएको नियन्त्रण कक्षले जनाएको छ ।

केही दिनदेखि पूर्वी पहाडी जिल्लाका साथै तराईमा पनि वर्षा भइरहेकाले नदी, खोलामा पानीको स्तर बढेको हो । कोसीमा जलस्तर बढे पनि तत्काल कुनै खतरा नभएको सुनसरी प्रशासनले जनाएको छ । कोसी नदीमा जलस्तर बढ्ने क्रम गत सातादेखि नै चलिरहेको छ । बिहीबार र शुक्रबार भने अलि बढी परिमाणमा पानीको बहाव भएको हो । नदीको तटीय क्षेत्रमा कुनै खतरा नरहेको उल्लेख गर्दै प्रशासनले तर सतर्कता अपनाउन भने आवश्यक रहेको जनाएको छ ।

प्रशासनले वर्षाको क्रममा निरन्तर रहे पानीको सतह अझ बढ्न सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सूचित गरेको छ । डेढ दशकअघि कोसीमा पानीको बहाव वृद्धि भएका बेला पूर्वी तटबन्ध भत्किएको थियो । तटबन्ध भत्किएर कोसीको पानी सुनसरीका गाउँमा सोझिंदा हजारौं घरबारविहीन बनेका थिए ।

ठूलो क्षेत्रफलको खेतीयोग्य जग्गा पुरिएको थियो भने पूर्वपश्चिम राजमार्गको करिब १३ किलोमिटर क्षेत्र क्षतिग्रस्त बनेको थियो । यसैगरी सीमापारि भारतको बिहार क्षेत्रमा पनि कोसीको बाढीले मानवीय तथा भौतिक क्षति पुगेको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]