• साउन १२, २०७६
  • जुनकिरी खबर

प्रदेश १ मा कार्यरत भारतीय नागरिकको विवरण संकलन

alt

विराटनगर — सरकारले अनिवार्य पान नम्बर लिनुपर्ने प्रावधान ल्याएपछि नेपालस्थित भारतीय दूतावासले आफ्ना नागरिकको सूची तयार गर्न थालेको छ । प्रदेश १ मा कार्यरत तथा अध्ययनरत भारतीय नागरिकहरुका लागि मोरङ व्यापार संघमा  ११ गतेदेखि तीन दिने रजिष्ट्रेशन क्याम्प सञ्चालन भइरहेको छ ।

विदेशी मजदुरहरलाई काममा लगाउन पान नम्बर लिनुपर्ने र सुनसरी मोरङ औद्योगिक करिडोरमा सयौंको संख्यामा भारतीय मजदुरहरु रहेकाले भारतीय दूतावासलाई अनुरोध गरेर सूचिकृत गर्नका लागि टोली विराटनगर बोलाइएको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए। दर्ता कार्य थालिएको पहिलो दिन क्याम्पबाट ५०० बढी भारतीय नागरिकहरुले दर्ता प्रमाण पत्र प्राप्त गरेका थिए।


दर्ता भई प्रमाण पत्र लिन आउने भारतीयले काठमाडौंको रजिष्ट्रेशन फारम संघबाट लिएर भारतीय चुनाव परिचय पत्र–पासपोर्ट–राशन कार्ड–मूल स्थायी निवास प्रमाण–पत्र, कार्यरत नागरिकहरुले आफू कार्यरत उद्योग–प्रतिष्ठानको लेटर प्याडमा कार्य विवरण सहितको प्रमाण (नाम, पद, कार्यअवधि आदि) र उद्योग–प्रतिष्ठानको पान प्रमाण पत्रको प्रतिलिपि तथा अध्ययनरत नागरिकहरुले आफु अध्ययनरत शिक्षण संस्थाबाट प्राप्त अध्ययन विवरण सहितको प्रमाण (एडमिसन लेटर),बसोवासको प्रमाण (घरधनी वा होस्टल वार्डेनबाट प्रमाणित र निजको नागरिकताको प्रमाणित प्रतिलिपि र पासपोर्ट साईज फोटो–२ प्रति फोटो चाहिने बताइएको छ।

तीन दिनसम्मका लागि आयोजित उक्त क्याम्पमा भारतीयहरुले सम्पूर्ण प्रक्रिया पुर्याएपछि मात्र भारतीय राजदूतावास, काठमाडौंको प्रमाण पत्र पाउने व्यवस्था मिलाइएको मुन्दडाले बताए। सुनसरी मोरङ औद्यागिक करिडोरमा कर्मचारी र मजदुर गरी ७ देखि १० हजारसम्म भारतीय नागरिक कार्यरत रहेको व्यापारसंघले जनाएको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]