• असार २१, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा ६२३ संक्रमणमुक्त, ३५९ संक्रमित थपिए

alt

प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ६२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

संक्रमणमुक्त हुनेमा २८४ महिला र ३३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार १५८ पुगेको छ । यस्तै, प्रदेशमा ३५९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४८, मोरङमा १३१, सुनसरीमा ४७, धनकुटामा १२, उदयपुरमा ५, इलाममा ३, पाँचथर र संखुवासभामा २–२, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको मेचीनगरमा ३५, विर्तामोडमा २६, दमकमा २४, अर्जुनधारा र भद्रपुरमा १७–१७, कनकाईमा १३, शिवसताक्षीमा ५, बुद्धशान्ति, बाह्रदशी र कमल गाउँपालिकामा २–२, गौरादह, गौरीगञ्ज , हल्दिबारी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जना छन् । मोरङको विराटनगरमा ५४, बेलबारीमा ४४, पथरीशनिश्चरेमा ९, बुढीगंगामा ५, लेटाङ, ग्रामथान, सुन्दरहरैचा र कटहरीमा ३–३, सुनबर्षीमा २, उर्लाबारी, केराबारी, रंगेली, धनपालथान र स्थानीय तह नखुलेका १–१ छन् ।

सुनसरीको धरानमा २१, इटहरीमा १६, दुहवी र स्थानीय तह नखुलेका ३–३, भोक्राहानरसिंहमा २, गढी र बराहक्षेत्रमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । उता, धनकुटाको धनकुटा नगरपालिकामा ८, साँघुरीगढी, पाख्रिबास, शहिदभूमी र महालक्ष्मीमा १–१, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढी र स्थानीय तह नखुलेका १–१ जना छन् । 

यसैगरि, इलामको इलाम नगरपालिकामा २ र सुर्योदयमा १, पाँचथरको फुङलिङ र स्थानीय तह नखुलेका १–१, संखुवासभाको चैनपुर र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको मिक्वाखोला, तेह्रथुमको म्याङलुङ र भोजपुरको भोजपुर नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७३ हजार ३९७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ९५२ पुगेको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]