• असार २७, २०७८
  • जुनकिरी खबर

सुनसरीमा आज र भोलि भेरोसेलको दोस्रो मात्राको खोप लगाइँदै

alt

सुनसरी जिल्लाको ११ पालिकामा आज र भोलि कोरोना विरुद्धको दोस्रो मात्राको भेरोसेल खोप लगाईदैछ ।

स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार धरान उपमहानगरपालिका बाहेक ११ पालिकाले असार २७ र २८ गते ६० वर्ष देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिक र दोस्रो मात्रा लगाउन छुट भएका फ्रन्टलाईनरहरु गरी करिब ७ हजार जनालाई लगाईदैछ ।

असार १,२ र ३ गते भेरोसेलको पहिलो मात्रा लगाएकाहरूलाई यो दोस्रो मात्रा लगाइएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले बताए । सम्बन्धीत पालिकाहरुले आफै खोप केन्द्र निर्धारण गरी खोप लगाउदैछन् ।

धरान उपमहानगरपालिकामा केही दिन पछि दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन हुने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

धरानमा पहिलो मात्राको खोप कार्यक्रम पनि अलि पछि मात्रै सञ्चालन गरेकोले दोस्रो मात्राको खोप पनि अलि पछि मात्रै लगाइनेछ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]