• असार ३१, २०७८
  • जुनकिरी खबर

सुनसरीमा साउन १० गते सम्म निषेधाज्ञा थपियो

alt

सुनसरीमा कोरोना सङ्क्रमण कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन १० गते सम्म निषेधाज्ञा थप गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको डिसिसिएमसीको बैठकले साउन १ गते देखि लागु हुने गरी साउन १० गते राति १२ बजे सम्म खुकुलो गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

सर्वसाधारणले सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्डको पालना अनिवार्य गर्नुपर्ने र अत्यावश्यक काम नपरी घर बाहिर निस्किन नपाइने, सरकारी कार्यालय, संस्थान तथा प्राधिकरण, बैङ्क तथा वित्तीय संस्था, बिमा एवं राष्ट्र बैङ्कबाट इजाजत प्राप्त सहकारी संस्थाहरूले कार्यालयमा भिडभाड नहुने गरी आलोपालो प्रणाली अपनाई नियमित सेवा प्रवाह गर्ने, पसल तथा व्यवसाय सञ्चालनका हकमा औषधी र स्वास्थ्य सामाग्री, इन्धन व्यवसाय सम्बन्धी पसल (पेट्रोल पम्प, खाना पकाउने ग्यास) खाद्यान्न (डिपार्टमेन्ट स्टोरका ग्रोसरी कक्ष), तरकारी, फलफूल, डेरी, मासुजन्य तथा बिउबीजन बिक्री गर्ने पसलहरू दिनै भरी सञ्चालन गर्न पाइने निर्णय भएको छ ।

डिपार्टमेन्ट स्टोर समेत बिहान ८ बजे देखी बेलुकी ८ बजे सम्म सञ्चालन गर्ने मेला, हाट, गुद्री, सब्जीमण्डी जस्ता मानिसको भिडभाड हुने कार्य हुन नदिइने बताइएको छ । जिल्लामा सञ्चालित कृषि थोक बजार बिहान ४ बजे देखी बिहान १२ बजे सम्म सञ्चालन गर्न पाउने, यात्रुहरूको सुविधालाई मध्यनजर गरी राजमार्ग छेउछाउका होटेल तथा रेस्टुरेन्टहरू बिहान ८ बजे देखी बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाउने तर भौतिक दुरी, साबुन पानीले हात धुने, स्थानिटाईजरको प्रयोग साथै कर्मचारी तथा कामदारले अनिवार्य मास्क तथा पन्जा प्रयोग गरेको हुनु पर्नेछ ।

भिडभाड हुने पार्टी, डान्स, दोहोरी जस्ता कार्यक्रम सञ्चालन गर्न पाइने छैन । अनुगमनका क्रममा उपरोक्तानुसार स्वास्थ्य मापदण्ड अपनाएको नपाइएमा तत्काल उक्त होटेल तथा रेस्टुरेन्ट बन्द गराई प्रचलित कानुन अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

यसै गरी सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्स बार जिम खाना, खेलकुद, सङ्ग्रहालय, चिडियाखाना, आदि सञ्चालन गर्न नपाइने बताइएको छ ।

गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षण जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने । भौतिक रूपमा उपस्थित भई गर्ने पर्ने भएमा बढीमा २५ जना मात्र सहभागी रहने गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्ने गरी सञ्चालन गर्ने निर्णय भएको छ ।

सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनको हकमा निजी तथा सबै प्रकारका सार्वजनिक सवारीसाधन साउन १ गते देखी कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरूले अनिवार्य रूपमा मास्क लगाउने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्नेछ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]