• साउन १३, २०७६
  • जुनकिरी खबर

मोरङमा डेंगुका बिरामी थपिँदै

alt

सुन्दरहैंचा नगरपालिका १० खोर्सानेका दुई जनामा डेंगु देखिएको छ । स्थानीय ३८ वर्षीया गंगादेवी निरौला र उनकी १३ वर्षीया छोरी योजनामा डेंगु देखिएको हो ।

सुरुवाती अवस्थामा ज्वरो आएर जीउ चिलाउन थालेपछि नजिकको स्वास्थ्य संस्थामा जाँच गराउँदा डेंगु लागेको थाहा पाएको गंगाले बताइन्। ‘अहिले हातखुट्टा लुलो हुने र खुट्टा नटेकिनु र कमजोरी महसुस भइरहेको छ।’ उनले भनिन्।


जिल्लामा दैनिक २/४ जना डेंगुका बिरामीको संख्या थपिँदै गएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ। कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतले जिल्लामा डेंगुका बिरामीको संख्या बढ्दै गएको र हालसम्ममा ६७ जनामा डेंगु देखिएको बताए।

जिल्लास्थित केराबारी गाउँपालिकामा २६, उर्लाबारीमा १९, सन्दरहरैंचामा ५, विराटनगरमा ९, मिक्लाजुङमा ३, ग्रामथानमा २, बेलबारीमा २ र पथरीशनिश्चरेमा १ जनामा डेंगु पाइएको उनले बताए।

‘सुरुमा डेंगु नियन्त्रणका लागि धुवाँ उडायौ तर त्यो मानव स्वास्थ्य प्रतिकूल भएकाले अहिले सर्च एन्ड डिस्ट्रोए मेथडमा काम अघि बढाएका छौँ,’ उनले भने,‘डेंगु रोगबाट बच्न र लागेपछि अपनाइने सुरक्षात्मक उपायको बारेमा जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ।’ सरकारले डेंगु रोगीको उपचार निःशुल्क गरेको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]