• साउन १, २०७८
  • जुनकिरी खबर

प्रदेश नं १ : कोरोनाबाट मृत्यु एवं उपचार गराएका पत्रकारलाई सहयोग

alt

प्रदेश नं १ प्रादेशिक सञ्चार प्रतिष्ठानले कोरोना भाइरस सङ्क्रमित भई गम्भीर अवस्थामा पुगेका बिरामी र मृत्यु भएका नौ पत्रकारका परिवारलाई रु दुई लाख ७५ हजार सहयोग प्रदान गरेको छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माका अनुसार सङ्क्रमित भई गम्भीर अवस्थामा अस्पताल भर्ना भई अक्सिजनको सहयोग लिई वा सघन उपचार कक्षमा उपचार गराएका पत्रकार वा उपचारको क्रममा मृत्यु भएका पत्रकारको परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने निर्णयबमोजिम उक्त सहयोग रकम उपलब्ध गराइएको हो ।

प्रतिष्ठानले पाँचथरका मृतक पत्रकार एकराज भण्डारीको परिवार र सुनसरीका मृतक पत्रकार चन्द्र न्यौपानेको परिवारलाई रु ५०/५० हजारका दरले हस्तान्तरण गरेको छ ।

यसैगरी सङ्क्रमित भई अस्पतालमा अक्सिजनको सहायतामा उपचार गराउनुभएका पत्रकार ओखलढुङ्गाका दीपेन्द्र रुम्दाली र जुद्धबहादुर राई, भोजपुरका सुरेन्द्र राई, झापाका पर्वत पोर्तेल, इलामका बुद्धवीर राई, खोटाङका लोकमणि रिजाल र उदयपुरका हरिकुमार राईलाई जनही रु २५/२५ हजार सहयोग रकम उपलब्ध गराइएको शर्माले बताउनुभयो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]