• साउन २, २०७८
  • जुनकिरी खबर

प्रदेशको १ को बजेट खर्च ६४ प्रतिशत

alt

 प्रदेश १ सरकारले ६१ प्रतिशत मात्रै पुँजिगत खर्च गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा पुँजिगततर्फ विनियोजन भएको १५ अर्बमध्ये ६१.७१ प्रतिशत खर्च गरेको हो ।

प्रदेश सरकारले ४३ अर्ब ४० करोड, ८५ लाख ५० हजार बजेट विनियोजन गरेको थियो । कुल बजेटमध्ये २८ अर्ब ११ करोड, ३३ लाख ३७ हजार बजेट खर्च भएको थियो ।

प्रदेश १ कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार गत वर्ष पुँजिगत तर्फ २७ अर्ब ७६ करोड १७ लाख ३१ हजार बजेट विनियोजन भएको थियो । जसमध्ये १५ अर्ब ८९ करोड ८४ लाख २४ हजार २२० रुपैयाँ खर्च भएको छ । यो ६१.७१ प्रतिशत हो । कुल बजेट ६४.७६ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ ।

चालु खर्चतर्फ १७ अर्ब ६० करोड, ६८ लाख १९ हजार बजेट विनियोजन भएको थियो । जसमध्ये १२ अर्ब २१ करोड ४९ लाख १३ हजार खर्च भएको छ । विनियोजन बजेट मध्ये ६९.३८ प्रतिशत हो ।

कार्यालयका अनुसार २१ अर्ब ८६ करोड ९६ लाख ११ बजेट पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयले १४ अर्ब ५१ करोड ९३ लाख ५० हजार ९९० रुपैयाँ खर्च गरेको छ ।
पाँच अर्ब ६० करोड ८ लाख २७ हजार बजेट पाएको सामाजिक विकास मन्त्रालयले ३ अर्ब २५ करोड १५ लाख ४३ लाख खर्च गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले ६ अर्ब २४ करोड ३३ लखख २२ हजार बजेटमध्ये ५ अर्ब ९३ ककरोड ६९ लाख ३९ लाख खर्च गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलले ९५ करोड ८० लाख ७६ हजार बजेटमध्ये ४० करोड ६० लाख ७७ हजार खर्च गरेको छ ।

तीन अर्ब ५९ करोड ६९ लाख ६६ हजार बजेट पाएको उद्योग पर्यटन बन तथा वातारवण मन्त्रायलले एक अर्ब ५७ करोड १२ लाख ७७ हजार खर्च गरेको छ ।

आन्तरिक मामिला तथा योजना मन्त्रालयले ९८ करोड ८० लाख ८९ हजार बजेटमध्ये ३३ करोड ८६ लाख ६४ हजार १ सय५१ रुपैयाँ खर्च गरेको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ३ अर्ब ७९ करोड ९८ लाख ८५ हजार बजेटमध्ये एक अर्ब ८१ करोड ७० लाख ७ हजार २०८ रुपैयाँ खर्च गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]