• साउन २, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा ४६९ जना कोरोना सङ्क्रमणमुक्त, १६१ सङ्क्रमित थपिए

alt

प्रदेश १ मा आज ४६९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

सङ्क्रमणमुक्त हुनेमा २०५ महिला र २६४ पुरुष रहेका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७० हजार ८५३ पुगेको छ ।

प्रदेश १ मा आज १६१ जना कोरोना सङ्क्रमित थपिएका छन् । ६७९ जनाको पीसीआर परीक्षण गर्दा ७१ महिला र ९० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीमा ९२, मोरङमा ३४, झापामा २३, धनकुटामा ६, भोजपुर, उदयपुर र तेह्रथुममा १-१ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सुनसरीको धरानमा ५५, वराहक्षेत्रमा २४, इटहरीमा ३, दुहबीमा १ र स्थानीय तह नखुलेका ९, मोरङको विराटनगरमा २२, पथरीशनिश्चरेमा ७, केराबारी, बेलबारी, उर्लाबारी, कटहरी र सुन्दरहरैचामा १–१, झापाको मेचीनगरमा ८, भद्रपुरमा ६, बिर्तामोडमा ५, दमकमा ४, धनकुटाको धनकुटा नगरपालिकामा र पाख्रिवासमा २–२, छथर र चौबिसेमा १–१, भोजपुरको भोजपुर नगरपालिका, उदयपुरको चौदण्डीगढी र तेह्रथुमको लालीगुराँसमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७७ हजार ९३७ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ६३७ रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]