• साउन ५, २०७८
  • जुनकिरी खबर

इटहरीमा आधुनिक कृषि बजार बन्ने

alt

इटहरीमा आधुनिक कृषि बजार बन्ने भएको छ । इटहरीमा जथाभावी अव्यवस्थित हाट बजार भएको भन्दै इटहरी स्थित बुधबारे हटियामा कोलिस्टोर सहितको अत्याधुनिक कृषि बजार सञ्चालन ल्याईने भएको हो ।

प्रयोगमै नआएको पशु बधशाला भएको क्षेत्रलाई स्तरउन्नती गर्दै कोलिस्टोर सहितको आधुनिक कृषि बजार सञ्चालनमा ल्याउने इटहरी उपमहानगरले तयारी गरेको छ । इटहरी उपमहानगर,प्रदेश सरकार र संघिय सरकारको गरि करिब १० करोडको लगानीमा अत्याधुनिक कृषि बजार सञ्चालनमा ल्याउने इटहरीकी उपमेयर लक्ष्मी गौतमले बताईन ।

कृषि बजारलाई व्यवस्थित गर्न आधुनिक कृषि बजार निर्माणको काम गरिने उपमेयर गौतमको भनाई थियो । कोलिस्टोर सहितको आधुनिक कृषि बजारको लागि १० करोडको लागि डिपिआर बनाएर प्रदेश सरकार र संघिय सरकारलाई दिएको र बजेट समेत छुट्याईएको उनको भनाई थियो । ठेक्का लाग्न मात्र बाँकी छ उपमेयर गौतमले भनिन् ।

इटहरी उपमहानगरपालिकाले दुई करोड १२ लाख ,संघिय सरकारको दुई करोड १२ र प्रदेश सरकारले १ करोड यही बर्ष छ्ट्याएको उपमेयर गौतमले बताईन । आधुनिक कृषि बजारमा होलसेलका ठुला ठुला गोदामहरु समेत रहने छन गौतमले भनिन् । सोही ठाउँमा बशशालालाई पनि व्यवस्थित तरिकाले बध गर्ने गरि संरचना निमार्ण हुने उनको भनाई थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]