प्रदेश १ मा पछिल्लो १० दिनको अवधिमा १२६ जना कोरोना संक्रमितको मृत्यु भएको प्रदेश सरकार सामाजिक विकास मंत्रालयले जनाएको छ ।
प्रदेश १ मा १४ सय ९३ जना संक्रमितको मृत्यु भएको छ भने ७९ हजार ६ सय ५७ जना संक्रमित भएका छन् । त्यस मध्ये ७२ हजार २ सय ९० जना निको भएका छन् भने ६ हजार ७४ जना सक्रिया संक्रमित रहेका छन् जस मध्ये ६ सय १८ जनाको उपचार केन्द्रमा उपचार भइरहेको छ । यस प्रदेशमा ५ हजार ३१ ज्ना होम आइसोलेसनमा रहेका छन् ।
पछिल्लो समय धेरै संक्रमितहरु होम आइसोलेसनमा बस्न रुचाउने र धेरै समस्या भएपछि अस्पताल आउने गरेकाले बचाउन समस्या भएको कोशी कोभिड १९ उपचार केन्द्रका इन्चार्ज एवंम् वरिष्ठ फिजिसिय डा. दिपक सिक्देलले बताउनु भयो । उहाँले होम आइसोलेसनमा अनुगमन र हेरचहको कमिले पनि संक्रमितहरुको मृत्यु दर बढेको बताउनु भयो ।
प्रदेश १ मा असार २८ गते १० जना, २९ गते १४ जना ३० गते १३ जना ३१ गते ११ जना १ गते २० जना २ गते १२ जना ,३ गते ९ जना,४ गते १२ जना, ५ गते ११ जना, र ६ गते १४ जना संक्रमितको मृत्यु भएको तथ्याङक रहेको छ । संक्रमितहरुको निको हुने दर बृद्धी भएपनि मृत्यु हुने दरमा भने कमी आउन सकेको छैन । प्रदेश १ का १३ जिल्लाका अस्पताल र उपचार केन्द्र गरेर ३१ वटा केन्द्रमा संक्रमितको उपचार हुने गरेको छ ।
सक्रमितको संख्या बढ्न थालेपछि विभिन्न पालिकाहरुमा पनि उपचारको व्यवस्था मिलाइएको छ । तर पछिल्लो समय सवै अस्पतालमा संक्रमितको संख्याभने घटेको पाइन्छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved