• साउन ८, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा एक वर्षमा ४६ महिलाको हत्या

alt

प्रदेश १ मा एक वर्ष अवधिमा परिवारिक हत्याका ५५ वटा घटना भएका छन्। उक्त घटनामा ५६ जना मारिएका छन्। आर्थिक वर्ष २०७७/७८ मा भएका घटनामा ज्यान गुमाउने अधिकांश गृहिणी महिला छन्। पारिवारिक विवादमा ४६ महिला मारिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राई बताउँछन्। 

‘सामान्य पारिवारिक विवादले हत्याको रूप लिँदा परिवारका सदस्यबाटै मारिनेमा अधिकांश गृहिणी महिला छन्’, प्रवक्ता राई भन्छन्, ‘चार जना १८ वर्षमुनिका छन्।’ 

झापा गौरादह–१ मा उत्तिम ऋषिदेवको कुटपिटबाट अघिल्लो बिहीबार ४० वर्षीया संगीता टुडूको ज्यान गयो। झापाकै कमल–४ का ४३ वर्षीय नैनकुमार श्रेष्ठले जेठ २६ गते कुटपिट गरी श्रीमती ४१ वर्षीया विमला श्रेष्ठको हत्या गरेको झापा प्रहरी प्रवक्ता डीएसपी राकेश थापाको भनाइ छ।

मोरङ बेलबारी–७ का ५४ वर्षीय अम्बिका घिमिरेले असार १९ गते मुंग्रोले कन्चटमा हानेर श्रीमती ४८ वर्षीया सीता घिमिरेको हत्या गरे। मोरङकै रंगेली–३ का १९ वर्षे विनोद यादवले बाम्फोक (दाउ)ले घाँटीमा हानेर भाउजू २४ वर्षीया अनिता यादवको जेठ ४ गते हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसी बताउँछन्। 

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]